६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनालको उपचारमा राज्यको ८१ लाख



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ । मृगौला प्रत्यारोपण गराउने क्रममा खनाल अस्पतालमा ७६ दिन बसेका थिए ।

एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ (नेपाली ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ) को बिल दिल्लीस्थित नेपाली दूतावासलाई दिएको छ ।

बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ । असार २ (१६ जुन) मा भर्ना भएका खनाल भदौ १४ (३० अगस्ट) मा डिस्चार्ज भएका थिए । दूतावासले अस्पतालबाट प्राप्त बिल, भुक्तानी गरिएको र बाँकी रकमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ ।

स्रोतका अनुसार दूतावासले भारु ४५ लाख ७९ हजार ८ सय १८ रुपैयाँ अस्पताललाई भुक्तानी गरिसकेको छ । भारु ५ लाख ८८ हजार ६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यो रकम परराष्ट्र मन्त्रालयसँग माग गरिएको छ । दूतावासले अस्पताललाई पत्र लेखेर बक्यौता तिर्ने जिम्मेवारी लिएर खनाललाई डिस्चार्ज गराएको थियो । खनालको उपचारका लागि परराष्ट्रले एक पटक नेपाली ५० लाख रुपैयाँ दूतावासलाई पठाएको छ । अरू रकम दूतावासले आफ्नै स्रोतबाट तिरेर सोधभर्ना माग गरेको छ । ‘केही रकम बाँकी हुन सक्छ, काठमाडौंबाट माग गरिएको छ, आएपछि अस्पताललाई भुक्तानी गरिनेछ,’ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारले खनालको उपचार खर्च राज्यकोषबाट बेहोर्ने निर्णय गरेको थियो । पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई कार्यान्वयन गरेको हो । ऐन, नियमविपरीत खनालको उपचार खर्च राज्यकोषबाट बेहोरिएकामा चौतर्फी आलोचनासमेत भएको छ । यस विषयमा सर्वोच्च अदालतमा मुद्दा नै परेको छ । अस्पतालले खनाल बसेको कोठाकै शुल्क नेपाली २१ लाख ६८ हजार ४ सय ८० रुपैयाँ ९भारु १३ लाख ५५ हजार ३ सय० लिएको छ ।

त्यसअनुसार कोठाको शुल्क प्रतिदिन २८ हजार ५ सय ३२ रुपैयाँ पर्छ । खनाल अस्पतालको टी ३, भवनको तेस्रो तल्लामा रहेको ४३४२ नम्बरको सुइट रुममा ७६ दिन बसेका थिए । ठूलो बैठक कोठासहितको उक्त कोठा सुविधा सम्पन्न मानिन्छ । उनको उपचारमा डा। सन्दीप गुलेरियासहितको टिम संलग्न थियो । अस्पतालले चिकित्सकको परामर्श शुल्क मात्रै नेपाली १० लाख रुपैयाँ हाराहारी लिएको छ । मृगौला प्रत्यारोपणका लागि प्याकेज चार्ज भनेर नेपाली १० लाख ६७ हजार शुल्क तोकिएको छ । अस्पतालको फार्मेसीका नाममा नेपाली ११ लाख रुपैयाँभन्दा बढीको बिल छ ।

अस्पतालबाट डिस्चार्ज हुने बेला खनालले कान्तिपुरसँग उपचारका लागि आफूसँग स्रोत नरहेको र सरकारले उपचार नगराइदिएको भए आफू बाँच्न मुस्किल हुने प्रतिक्रिया दिएका थिए । ‘मेरो उपचारमा सरकारले खर्च गरेको विषयको विरोध गर्नु भनेको झलनाथ खनालले जुन महिनामै मर्नुपर्छ भन्या हो । म कहाँबाट ल्याएर तिरुँ । म जागिरदार पनि होइन, व्यापारी पनि होइन, उद्योगपति होइन,’ उनको भनाइ थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।