९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देव गुरुङ : एसपीपीमा सहभागी नहुने पत्र तत्काल अमेरिका पठाइयोस्



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले अमेरिकालाई एसपीपीमा सहभागी नहुने भनी पत्र पठाउन माग गरे ।

मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेसँगै गृह मन्त्रालयमार्फत सहभागी नहुनेसम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमा पुगेको भए पनि सो पत्रलाई अहिलेसम्म अमेरिका पठाइएको छैन ।

प्रमुख सचेतक गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरिएको एमसीसीलाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै ती घोषणालाई स्वीकार गरे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने बताए ।