८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि

काठमाडौँ उपत्यकाको सुरक्षा: प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

काठमाडौँ उपत्यकाको सुरक्षा: प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशको पनि भूमिका रहने गरी बुँदा थप गरेर अघि बढाउने निष्कर्ष निकालेको हो ।

संशोधनका लागि ल्याइएको विधेयकको दफा १० मा उपत्यकामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ भनी थप गरिएको छ । यस्तै उपदफा २ मा उक्त प्रयोजनका लागि नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरीअन्तर्गतका प्रहरी कार्यालय रहने छन् भन्ने व्यवस्था राखिएको थियो ।

उक्त व्यवस्थाले प्रदेश प्रहरीको भूमिका खुम्च्याएको र संविधानको अनूसूचीविपरीत हुने भनी समितिका सदस्यहरूबाट संशोधन प्रस्ताव आएको थियो । गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे उपस्थित समितिको आजको बैठकले उपत्यकाको सुरक्षाका सन्दर्भमा आएको संशोधन प्रस्तावको उक्त दफामा प्रदेश प्रहरीसँगको समन्वय रहने गरी बुँदा थप गरेर पास गर्ने गरी सहमति जुटेको समितिका सचिव बबिता मिश्रले जानकारी दिनुभयो ।

उहाँले दफा २ मा अध्ययागमनसम्बन्धी कसुरको अनुसन्धान नेपाल प्रहरीले नै अनुसन्धान गर्ने कुरालाई यथावत राखिएको पनि जानकारी दिनुभयो । गृहमन्त्री खाणले उक्त संशोधन विधेयक गत जेठ २९ गते सदनमा दर्ता गर्नुभएको थियो । अहिले राज्यव्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि छलफल जारी छ ।

छलफलमा मुख्यगरी नेकपा (माओवादी केन्द्र)का सांसदहरूले प्रदेश प्रहरीको भूमिका काटिँदा संविधानविपरीत हुने भएकाले प्रदेशको भूमिका पनि रहनुपर्ने अडान राख्नुभएको थियो ।

आजको बैठकमा माओवादी केन्द्रका सांसदहरू यशोदा गुरुङ सुवेदी, रेखा शर्मा र शक्तिबहादुर बस्नेतले उपत्यकाको सुरक्षा नेपाल प्रहरीले हेर्ने तर प्रदेश प्रहरीको पनि भूमिका रहने गरी विधेयक अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले त्यसरी अघि नबढाइए समितिमा आफूहरुको फरकमत रहने जानकारी गराउनुभएको थियो ।

सांसदहरु मोहन पाण्डे, खेम लोहनी, खगराज अधिकारी, नवराज सिलवाल, प्रेम सुवाल, झपटबहादुर रावल, विजय सुब्बाले उपत्यकाको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नै गर्नुपर्ने गरी ल्याइएको संशोधन विधेयक नै उपयुक्त हुने धारणा बैठकमा राख्नुभएको थियो ।

बैठकमा सबै सांसदहरुको धारणा आएपछि गृहसचिव पाण्डेले प्रदेशको पनि समन्वय रहने गरी बुँदा थप गरेर अघि बढाउने जानकारी गराउनुभएको थियो । यसपछि समितिका सभापति मुकुन्द न्यौपानेले सोहीअनुसार बुँदा थप गरेर विधेयक अघि बढाइने कुरा समितिबाट पास भएको जानकारी गराउनुभयो ।

बैठकमा गृहमन्त्री खाणले गम्भीरतापूर्वक नै उपत्यकाको दायित्व निर्वाह गर्नुपर्ने भएकाले नै उक्त संशोधन ल्याइएको बताउनुभयो । उहाँले यो संशोधनलाई पूर्ववर्ती सरकारले अघि बढाएको र अहिलेको सरकारले समेत निरन्तरता दिएको जानकारी दिनुभयो । अहिले उक्त व्यवस्था अध्यादेशको रूपमा कार्यान्वयनमा छ ।