१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाको राप्रपा नेपालका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष, महासचिव नै लिङ्देनको राप्रपामा



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई आज राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभएको छ । आज नै विद्यार्थी संगठनका महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गरेका छन् ।


केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरिसकेका छन् । संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् ।

रजवार राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसंग अध्यक्ष पदमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको तीन महिना अघि मात्रै विद्यार्थी संगठनका अध्यक्ष बनेका थिए ।

युवा विद्यार्थी संगठनका महत्त्वपूर्ण व्यक्तिले साथ छाड्दै गएपछि कमल थापा कमजोर बन्दै गएका छन् । पार्टी प्रवेश पछि रजवारले भने, ‘हामी युवा विद्यार्थीले कमल थापाले राजसंस्थाको मुद्दा बोकेका कारण उहाँलाई साथ दिएका हौं, राजसंस्थाको मुद्दा बोकेको नेतृत्वले राजसंस्थालाई नै आक्षेप लगाउने, अनावश्यक भ्रम छर्ने, राजसंस्था पुनःस्थापनाको एजेन्डालाई पार्टीको नीति नबनाउने भएपछि हामी राप्रपामा समाहित भएका हौं, अब कोही अलमलमा पर्नु हुँदैन।’

राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र बनाउन सबै एकजुट बनौं, रजवारले भने ।