५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रीय समिति बैठक: एमसीसीबारे चुनावपछि बहस



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आगामी प्रतिनिधिसभा र प्रदेशसभापछि मात्र पार्टीभित्र बहस गर्ने भएको छ ।

पार्टी केन्द्रीय समितिको जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे आम निर्वाचनपछि विशेष बहस गर्ने बताउनुभएको हो ।

प्रतिनिधिसभाको बैठकले एमसीसीलाई १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेको थियो । माओवादी केन्द्रमा एमसीसीको खुलेर विरोध गर्ने नारायणकाजी श्रेष्ठ समूहको नेताहरुको असन्तुष्टिलाई शान्त पार्न अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा छलफल गर्ने र फरक मत आए तल्लो तहसम्मै लैजाने सहमत गराउनुभएको थियो ।

साथै केन्द्रीय समितिको बैठक जेठ २० गते बस्ने निर्धारण गरिएको थियो तर पटकपटक मिति सर्दै यही असार १९ गते केन्द्रीय समितिको बैठक सुरु भयो । अध्यक्ष प्रचण्डले जारी बैठकमा एमसीसीलाई एजेन्डामै पार्नुभएन । अहिले उहाँले यसलाई आम निर्वाचनपछि बहस चलाउने बताउनुभएको छ ।