काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा अस्पताल भवन नजिकै शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरीका अनुसार बम राखिएको आशंका गरिएको छ। बिहीबार बिहान करिब ११ बजे एक आँखा अस्पताल भवन नजिकै शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरीले जानकारी दिएको हो ।
यद्यपी बम हो वा होइन भन्ने पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु बम हुन सक्ने भएकाले डिस्पोजलको टोली पनि घटनास्थलमा पुगेको छ ।
दुई जना व्यक्ति सिसिटिभीमा देखिएका छन्। उनीहरूलाई प्रहरीले ट्र्याक गरिरहेको छ।











