१२ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमफेदीमा बसाइँ सरेर जानेको सङ्ख्या तेब्बर बढी



अ+ अ-

वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको सङ्ख्या तीनगुणा बढी छ ।

आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ । यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४ भित्रिदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन् । गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँसरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिनुभयो । पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका छन् । पालिकाभित्रै पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उहाँले बताउनुभयो ।

भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३७७ घटना दर्ता भएका छन् । उपलब्ध विवरणअनुसार पालिकामा ३११ बालकको र ३४४ बालिकाको जन्मदर्ता भएको छ ।

त्यस्तै १२२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ । पालिकामा चालु आवमा ३६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् ।