७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



file: rss
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । यसअघि विधेयकमाथिको छफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले विदेशीले सोझै सञ्चालन गर्न दिने सरकारको नियत नभएको र प्रचलित कानुनको आधारमा विदेशी वा निजी कम्पनीसँग सहयोग लिन सकिने बताए ।

देशको सार्वभौमसत्ता धुमिल नहुने गरी काम गर्न र कानुनको परिपालनामा मन्त्रालय सजग रहेको उनको भनाइ छ । हाल जनकपुर–जयनगर रेल सञ्चालनमा आइसकेकाले पनि ऐन आवश्यक रहेको उनले बताए ।

उनले भने, “ऐन ल्याउन नसक्दा रेल सेवा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ ।” विधेयक यही असार १७ गते राष्ट्रियसभाबाट पारित भएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू दिव्यमणिराज भण्डारी, भीमबहादुर रावल, सरिताकुमारी गिरी, प्रेम सुवालले भाग लिएका थिए ।