५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँः जनार्दन शर्मा



अ+ अ-

काठमाडौं । जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै उहाँले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत प्रष्ट्याउनुभयो । “मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्दतिका आधारमा बजेट निर्माण भएको छ”, उहाँले भन्नुभयो, “जुन किसिमले विषय उठेको छ, त्यसले आम जनातामा भ्रम परेको छ, सत्यतथ्य छानबिनबाट त्यो भ्रम निवारण हुनेछ भन्ने विश्वास छ ।”

आज प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नमा छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै सदनमा सम्बोधन गर्दै शर्माले राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।