१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अर्थमन्त्री दोषी छन्, पदमा राखेर छानबिन हुन सक्दैन’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले जनार्दन शर्मालाई अर्थमन्त्रीको हिसाबमा बोल्ने नैतिक अधिकार नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सांसद भट्टराईले जनार्दन शर्माले अब अर्थमन्त्रीका रुपमा संसदमा बयान दिन नपाउने बताएका हुन् ।

‘संसदीय समितिले दोष छ कि छैन भनेर छान्ने होइन । उहाँ स्वत दोषी प्रमाणित हुनुहुन्छ । उनले भने ‘पदमा बस्ने हो भने पदको दुरुपयोग भएर प्रमाणहरु गायब हुन्छ ।’

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै प्रश्न उठेपछि संसदले बुधबार ११ सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको छ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।