९ असार २०८३, मंगलवार
,
Latest
सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ: सचिव भट्टराई



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । रासससँग कुरा गर्दै आज उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने÷नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताउनुभयो ।

‘एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पूर्वाग्रहपूर्ण व्यवहार गरिएकाले’ विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईको भनाइ छ । “सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ ।

पार्टीले अनुशासन वा ह्वीप उल्लङ्घनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विगतमा अरु पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना आएको तर एमालेको पत्रलाई थन्क्याएर सभामुखले हाम्रो पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको देखियो । संसद्को ठूलो दललाई गरिएको व्यवहार महँगो र चुनौतीपूर्ण हुन सक्छ ।”