८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

बर्सेनि घट्दै सुनौलो तोप चरा

बर्सेनि घट्दै सुनौलो तोप चरा
अ+ अ-

कञ्चनपुर । विश्वमै दुलर्भ मानिएको सुनौलो तोप चराको सङ्ख्या बर्सेनि घट्दै जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा बास स्थान नासिँदै जान थालेपछि यसको सङ्ख्या घट्दै जान थालेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ(विसिएन)ले हालै गरेको सर्भेक्षणमा सुनौलो तोप चराको सङ्ख्या घटेको पाएको छ । सङ्घको अगुवाइमा बर्सेनि चरा सर्भेक्षणको कार्य हँुदै आएको छ । सङ्घका चरा विज्ञ हिरुलाल डङ्गौराका अनुसार सर्भेक्षणका क्रममा यस वर्ष निकुञ्जमा २४४ तोप चरा फेला परेका छन् ।

सबैभन्दा बढी लालपानी क्षेत्रमा तोप चराले गुँड लगाएका छन् । बन्दाताल, मोहनपुर फाँटामा समेत यी चरा देखा परेका छन् । सन् २०२१ मा २४८, सन् २०२० मा २५३, सन् २०१९ मा १७६ र सन् २०१८ मा २५४ वटा तोप चरा फेला परेका थिए । सन् २०१४ देखि निरन्तररुपमा सुनौलो तोप चराको सर्भेक्षणको कार्य हँुदै आएको छ ।

यसैगरी निकुञ्जमा सन् २०१४ मा ६०, सन् २०१५ मा २०० र सन् २०१६ मा २५० सुनौलो तोप चरा देखा परेका थिए । “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसे मैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसे मैदान अतिक्रमणमा परेका छन्”, उहाँले भन्नुभयो, “घाँसे मैदानमा रहेका रुख र घाँसमा तोप चराले गुँड लगाउथे । ती सबै नासिए । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदान मात्रै बाँकी रहेको छ ।

सुनौलो तोप चराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्धरुपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन् ।” उहाँले भन्नुभयो । अर्को सुनौलो तोप चरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उहाँको भनाइ छ ।

सुनौलो तोप चरा झट्ट हेर्दा भगेरा जस्तै तर पहेलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको हो । रुखका हाँगामा पात सिएर यस चराले गुँड बनाउने गर्दछ । तोप चराका सुनौलो, बाया, छातिकाले र धर्केगरी चार वटा प्रजाति पाइने गरेका छन् । जसमध्ये सुनौलो तोप चरा दुलर्भ प्रजातिका रुपमा छ ।

सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ । सन् १९९६ मा चरा विद् हेमराज बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाउनुभएको थियो । सुनौलो तोप चरा पत्ता लागेपछि निरन्तररुपमा निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ । सन् २००७ मा कोसी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन ।

सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ निकुञ्जका सूचना अधिकारी रोशनसिंह ठगुन्नाले भन्नुभयो, “किरालगायत खान मन पराउने भएकाले यो चरा किसानका लागि पनि लाभदायक छ ।”

खेतबारीमा हालिने विषादी र अनावश्यकरुपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ । निकुञ्जको घाँसे मैदान क्षेत्र नजिकका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरुपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछन् ।

उहाँका अनुसार सुनौलो तोप चरा सिकारी ताल, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र लालपानी फाँटा, दरख घाँसे मैदानमा पाइने गरेको छ ।

तोप चरालाई सामाजिक चराका रुपमा समेत लिइने गरिन्छ । सामूहिकरुपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा समेत लिइने गरिन्छ । आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ । अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन् ।

एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरुपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ । मनसुनका समयमा तोप चराले प्रजनन गर्दछन् । प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ । मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछन् ।

एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछन् । बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउनका लागि गुँड विशेष प्रकारले बनाइएको हुन्छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् ।