• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन

संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको संसदीय समितिको निष्कर्ष



काठमाडौं । संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयतासम्बन्धि आफैंले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको छ । २०७५ साल मंसीर २४ गते आफैंले बनाएको संघीयतासम्बन्धि २९ बूँदे रोडम्याप समेत कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरु जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको अन्तरप्रदेश परिषद बैठकले निर्णय गरेको सो संघीयता सम्बन्धि रोडम्याप समितिले पटकपटक निर्देशन दिँदा पनि किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न गर्नु भयो । समितिले सरकारका मन्त्रीहरुनै संघीयताको कार्यान्वयन गर्न जिम्मेवार नभएको उल्लेख गर्दै संविधान र कानुनले किटान गरेको व्यवस्थाप्रति जिम्मेवार हुन पनि सचेत गराएको छ ।

संयोजक देवकोटाले भन्नु भयो, ‘संघीयताको सम्बन्धमा २०७५ साल मंसीर २४ गते अन्तर प्रदेश परिषद बैठकले २९ बूँदे रोडम्याप बनायो । त्यो प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ । त्यसमा सात वटै प्रदेशका मुख्यमन्त्री, संघको अर्थमन्त्री र गृहमन्त्री सदस्य हुन्छन । त्यो बैठकले के निर्णय गरेको थियो भने २०७५ सालको फागुन मसान्त भित्रमा निजामती कानुन चाँही फाईनल गर्ने । अनि, सोही सालको चैत्र मसान्तसम्म स्थानीय तहको निजामती सम्बन्धि स्थानीय सेवा व्यवस्थापनको कानुन बनाउने भनेर सोही बैठकले निर्णय गरेको छ । अनि, हामीले सरकारलाई त्यही भन्यौ । संकल्प प्रस्तावमा पनि राख्यौं । २९ बूँदे संघीयताको रोडम्याप अनुसार संघीयताको कार्यान्वयन गर भनेर सरकारलाई भनिएको छ । अनि, राष्ट्रिय समन्वय परिषदको बैठक राख्नुपर्छ भनेर त्यो कानुनले लेखेको छ । तर सरकार बैठक नै राख्दैन । अनि, अन्तर सरकारी वित्त परिषद भन्ने त्यहाँ वित्त सम्बन्धि संघ, प्रदेश र स्थानीय तहमा देखिएको समस्या समाधान गर्र्ने व्यवस्था गरिएको छ । त्यसको बैठक बस्ने कुरा पनि हामीले भनिदिनु पर्ने हो ? संविधानमा लेखिएको छ, कानुनमा लेखिएको छ ।

यस बाटोमा अलिकति हिँडन, कुदन भनेको मात्रै हो । मन्त्रीहरु यस सम्बन्धमा जवाफदेही हुनुपर्ने हो । सचिवहरुले पनि यसमा बेवास्ता गरेको देखियो । नेपाल सरकार कार्यविभाजन नियमावली छ । सो अनुसार काम भएको छ कि छैन ? हामीले राजनीतिक संघीयता, प्रशासनिक संघीयता र वित्तिय संघीयता हाम्रो कार्य क्षेत्र हो । यसमा काम भए÷नभएको सरकारलाई प्रश्न गरेका छौं ।’

बाइट…खिमलाल देवकोटा, संयोजक, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति

समितिले अन्तर सरकारी वित्त परिषदको बैठक समेत नबसेर सरकारले संघ, प्रदेश र स्थानीय तहको वित्तिय व्यवस्थापनका विषयमा आवश्यक व्यवस्था गर्न नसकेको, स्थानीय तहमा निजामती कर्मचारीको सेवा व्यवस्थापनको कामलाई अघि बढाउन नचाहेको, संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुन विपरित जथाभावी बजेट विनियोजन गरेको भन्दै तत्काल त्यसलाई सच्याउन पनि सरकारलाई भनेको छ । समितिका संयोजक देवकोटाले संविधान र कानुन अनुसार २०७५ साल फागुन मसान्त भित्र निजामती कर्मचारी सम्बन्धि ऐन फाईनल गर्ने निर्णय कार्यान्वयनका लागि दिएको निर्देशन पनि सरकारले हालसम्म कार्यान्वयन नगरेकोमा आपत्ति जनाउनु भयो ।

उहाँले भन्नु भयो, ‘जथाभावी बजेटिङ गर्ने, जथाभावी कर्मचारी परिचालन गर्ने, सिंगो गाविसलाई वडा बनाउने तर त्यहाँ सचिवको व्यवस्था नगर्ने । हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई त्यसबारे तत्काल व्यवस्था गर्न निर्देशन दियौं तर आजसम्म पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।’

समितिका संयोजक देवकोटाले स्थानीय तहको वडाहरुमा सचिवको व्यवस्था अझै गर्न नसकेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति आक्रोश समेत व्यक्त गर्नु भयो ।