८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको संसदीय समितिको निष्कर्ष

संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको संसदीय समितिको निष्कर्ष
अ+ अ-

काठमाडौं । संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयतासम्बन्धि आफैंले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको छ । २०७५ साल मंसीर २४ गते आफैंले बनाएको संघीयतासम्बन्धि २९ बूँदे रोडम्याप समेत कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरु जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको अन्तरप्रदेश परिषद बैठकले निर्णय गरेको सो संघीयता सम्बन्धि रोडम्याप समितिले पटकपटक निर्देशन दिँदा पनि किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न गर्नु भयो । समितिले सरकारका मन्त्रीहरुनै संघीयताको कार्यान्वयन गर्न जिम्मेवार नभएको उल्लेख गर्दै संविधान र कानुनले किटान गरेको व्यवस्थाप्रति जिम्मेवार हुन पनि सचेत गराएको छ ।

संयोजक देवकोटाले भन्नु भयो, ‘संघीयताको सम्बन्धमा २०७५ साल मंसीर २४ गते अन्तर प्रदेश परिषद बैठकले २९ बूँदे रोडम्याप बनायो । त्यो प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ । त्यसमा सात वटै प्रदेशका मुख्यमन्त्री, संघको अर्थमन्त्री र गृहमन्त्री सदस्य हुन्छन । त्यो बैठकले के निर्णय गरेको थियो भने २०७५ सालको फागुन मसान्त भित्रमा निजामती कानुन चाँही फाईनल गर्ने । अनि, सोही सालको चैत्र मसान्तसम्म स्थानीय तहको निजामती सम्बन्धि स्थानीय सेवा व्यवस्थापनको कानुन बनाउने भनेर सोही बैठकले निर्णय गरेको छ । अनि, हामीले सरकारलाई त्यही भन्यौ । संकल्प प्रस्तावमा पनि राख्यौं । २९ बूँदे संघीयताको रोडम्याप अनुसार संघीयताको कार्यान्वयन गर भनेर सरकारलाई भनिएको छ । अनि, राष्ट्रिय समन्वय परिषदको बैठक राख्नुपर्छ भनेर त्यो कानुनले लेखेको छ । तर सरकार बैठक नै राख्दैन । अनि, अन्तर सरकारी वित्त परिषद भन्ने त्यहाँ वित्त सम्बन्धि संघ, प्रदेश र स्थानीय तहमा देखिएको समस्या समाधान गर्र्ने व्यवस्था गरिएको छ । त्यसको बैठक बस्ने कुरा पनि हामीले भनिदिनु पर्ने हो ? संविधानमा लेखिएको छ, कानुनमा लेखिएको छ ।

यस बाटोमा अलिकति हिँडन, कुदन भनेको मात्रै हो । मन्त्रीहरु यस सम्बन्धमा जवाफदेही हुनुपर्ने हो । सचिवहरुले पनि यसमा बेवास्ता गरेको देखियो । नेपाल सरकार कार्यविभाजन नियमावली छ । सो अनुसार काम भएको छ कि छैन ? हामीले राजनीतिक संघीयता, प्रशासनिक संघीयता र वित्तिय संघीयता हाम्रो कार्य क्षेत्र हो । यसमा काम भए÷नभएको सरकारलाई प्रश्न गरेका छौं ।’

बाइट…खिमलाल देवकोटा, संयोजक, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति

समितिले अन्तर सरकारी वित्त परिषदको बैठक समेत नबसेर सरकारले संघ, प्रदेश र स्थानीय तहको वित्तिय व्यवस्थापनका विषयमा आवश्यक व्यवस्था गर्न नसकेको, स्थानीय तहमा निजामती कर्मचारीको सेवा व्यवस्थापनको कामलाई अघि बढाउन नचाहेको, संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुन विपरित जथाभावी बजेट विनियोजन गरेको भन्दै तत्काल त्यसलाई सच्याउन पनि सरकारलाई भनेको छ । समितिका संयोजक देवकोटाले संविधान र कानुन अनुसार २०७५ साल फागुन मसान्त भित्र निजामती कर्मचारी सम्बन्धि ऐन फाईनल गर्ने निर्णय कार्यान्वयनका लागि दिएको निर्देशन पनि सरकारले हालसम्म कार्यान्वयन नगरेकोमा आपत्ति जनाउनु भयो ।

उहाँले भन्नु भयो, ‘जथाभावी बजेटिङ गर्ने, जथाभावी कर्मचारी परिचालन गर्ने, सिंगो गाविसलाई वडा बनाउने तर त्यहाँ सचिवको व्यवस्था नगर्ने । हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई त्यसबारे तत्काल व्यवस्था गर्न निर्देशन दियौं तर आजसम्म पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।’

समितिका संयोजक देवकोटाले स्थानीय तहको वडाहरुमा सचिवको व्यवस्था अझै गर्न नसकेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति आक्रोश समेत व्यक्त गर्नु भयो ।