२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार २६ गते सार्वजनिक बिदा



अ+ अ-

काठमाडौँ । सरकारले यही असार २६ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) असार २६ गते आइतबार पर्ने भएकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै गत चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरेको छ ।