२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन संसदीय छानबिन गर्न तयार, एमालेको शर्त अर्थमन्त्रीको राजीनामा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले बजेट निर्माण प्रक्रियामा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि मात्र छानबिन समिति गठन गर्नुपर्ने शर्त राखेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्री शर्माले संलग्न गराएको भन्दै एमालेले उनको राजीनामा माग्दै आएको छ । सुरुमा एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखे पनि त्यस्तो समिति गठन गर्न सत्ता साझेदार दलहरु तयार भएका थिएनन् ।

तर अहिले सत्तारुढ दलहरुले संसदीय छानबिन समिति गठन गर्न तयार भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने छानबिन समिति गठन हुनुपूर्व अर्थमन्त्रीको राजीनामा आउनुपर्ने माग गरेका छन् ।

खासगरी बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी सिसिटिभी फुटेज १३ दिनभन्दा बढी समयसम्म नरहने भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि अर्थमन्त्रीमाथि राजीनामाको व्यापक दबाव परेको छ ।

सो सम्बन्धमा संसद्को बैठकमा अर्थमन्त्री शर्माले जवाफ दिने बताए पनि एमालेले राजीनामा नदिएसम्म उनलाई बोल्नै नदिने अडान राखेको छ । त्यसैले आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न नसकेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । अझै पनि बैठक बस्ने हो वा होइन कुनै टुंगो लागेको छैन ।