११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन संसदीय छानबिन गर्न तयार, एमालेको शर्त अर्थमन्त्रीको राजीनामा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले बजेट निर्माण प्रक्रियामा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि मात्र छानबिन समिति गठन गर्नुपर्ने शर्त राखेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्री शर्माले संलग्न गराएको भन्दै एमालेले उनको राजीनामा माग्दै आएको छ । सुरुमा एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखे पनि त्यस्तो समिति गठन गर्न सत्ता साझेदार दलहरु तयार भएका थिएनन् ।

तर अहिले सत्तारुढ दलहरुले संसदीय छानबिन समिति गठन गर्न तयार भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने छानबिन समिति गठन हुनुपूर्व अर्थमन्त्रीको राजीनामा आउनुपर्ने माग गरेका छन् ।

खासगरी बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी सिसिटिभी फुटेज १३ दिनभन्दा बढी समयसम्म नरहने भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि अर्थमन्त्रीमाथि राजीनामाको व्यापक दबाव परेको छ ।

सो सम्बन्धमा संसद्को बैठकमा अर्थमन्त्री शर्माले जवाफ दिने बताए पनि एमालेले राजीनामा नदिएसम्म उनलाई बोल्नै नदिने अडान राखेको छ । त्यसैले आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न नसकेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । अझै पनि बैठक बस्ने हो वा होइन कुनै टुंगो लागेको छैन ।