• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

गोरखामा बस दुर्घटनाः २० जना घाइते



काठमाडौँ । गोरखामा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

बुधबार दिउँसो गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको यात्रुबहाक बस छोप्राकको राम्चेचौतारा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन् । बस सडकमा पल्टेको थियो ।

प्रहरीका अनुसार घाइतेमध्ये ७ जनालाई उपचारका लागि चितवन लगिएको छ भने बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।