६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

म निर्दोष छु: अर्थमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) को आज बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकमा उहाँले आफू निर्दोष रहेको बताउनुभएको हो । उहाँले सिसिटिभीमा रहेको फुटेज १३ दिनभन्दा बढी नरहने बताउनुभएको थियो ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्नता गराइएको भन्दै अर्थमन्त्रीको राजीनामा माग्दै आएको छ ।

माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठकले अर्थमन्त्री र अर्थ मन्त्रालयसँग सम्बन्धित विवादमा प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर रहेको भन्दै यसबारेमा चाँडो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।