• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ ★   ‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’ ★   एकैदिन एक हजार ४०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   किन बढ्दैछ बन डढेलो ? आगलागी भएमा कसलाई खबर गर्ने ? ★   स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

अर्थमन्त्री प्रकरण: संसदीय छानबिन समिति बनाउन माओवादी तयार



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यत्तिलाई संलग्न गराएको भन्ने प्रकरणमा नेकपा (माओवादी केन्द्र) छानबिनका लागि संसदीय समिति बनाउन तयार भएको छ ।

अर्थमन्त्री शर्माले आजको संसद् बैठकमा आफ्ना कुरा राखेपछि संसदीय छानबिन समिति बनाउन माओवादी केन्द्र तयार देखिएको हो ।

यद्यपि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् बैठकमा अर्थमन्त्री शर्मालाई बहिष्कार गर्दै आएको छ । त्यसैले माओवादी केन्द्रले छानबिन समिति गठन गर्नुअघि एमाले नेताहरुसँग छलफल गर्न चाहेको छ ।

माओवादी केन्द्रको आज बिहान बसेको पूर्व स्थायी कमिटीका नेताहरुको बैठकले एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो ।

संसद्मा बजेट प्रस्तुत गर्नु अघिल्लो दिन अनधिकृत मान्छेलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको छ । साथै सो दिनको सिसिटिभी फुटेज नष्ट गरेको भन्दै अर्थमन्त्रीको चर्को आलोचना भएको छ ।

अर्थमन्त्रीलाई लिएर व्यापक आलोचना हुँदा पनि सरकार मौन बसेको भन्दै एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पनि अर्थमन्त्रीको बदमासीमा मिलेमतोमा लाग्नुभएको आरोप लगाउनुभएको थियो ।