२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारी बैठकः आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रश्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल शुरु गरेको छ ।

मंगवबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रश्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल शुरु गरिएको पार्टीका केन्द्रिय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरुपता ल्याउने विषयमा के भईराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अब बस्ने केन्द्रिय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि केन्द्रिय सदस्य विश्वकर्माले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आगामी केन्द्रिय समिति बैठकमा पेस गर्नेगरी भातृ संस्थाहरुको विधानमा एकरुपताको बारेमा के भईराखेको छ भन्ने बारेमा छलफल भयो । र, निर्वाचन आयोगले अघि सारेको निर्वाचन सम्बन्धि विधेयकको बारेमा प्रारम्भिक छलफल भयो । ’

नेपाली काँग्रेसले तत्कालीन केन्द्रिय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो । त्यसैलाई केन्द्रिय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको केन्द्रिय सदस्य विश्वकर्माकोे भनाई थियो ।