८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’

‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’
अ+ अ-

काठमाडौँ । तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै नभइ ज्ञान पनि भएकाले तन्त्र विद्याबाट लाभ लिन सक्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा आइतबार आयोजित ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यायले तन्त्रका विषयमा जनमानसमा अन्योल रहेको उल्लेख गर्दै भन्नुभयो, “यो झुठा विद्याको रूपमा यो परिचित छ । यो झारफुक गर्ने र मन्त्रको प्रयोग गर्ने मात्रै होइन, मन्त्रको मूल पक्ष भनेको ज्ञान हो ।” तन्त्र शब्द रुढ भइसकेको भन्दै उहाँले अर्थ बुझाइमा कमजोरी रहेको बताउनुभयो ।

उहाँले तन्त्रको प्रयोगबाट मानवजीवनले फाइदा लिनु त्यसको प्रमुख लक्ष्य रहेको भन्दै संसार भोगको लागि बनेको तर भोगमै मात्र लिप्त नभएर मोक्ष पनि प्राप्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । “हाम्रा मानसिक र शारीरिक कष्ट वा दुःख नष्ट गर्न जुन साधना गर्छौँ त्यो तन्त्र विद्या हो ।

तन्त्रको स्रोत भगवान शिव रहेकाले तन्त्रबाट शास्त्र आउँछ, शास्त्रबाट ज्ञान आउँछ ।” प्रा. उपाध्यायले भन्नुभयो, “शिवले पार्वतीलाई शिष्य बनाएर दिएको मन्त्र र ज्ञान नै अहिले गुरुदक्षिणाको रूपमा हामीले प्राप्त गरिरहेका छौँ । तन्त्र साधना हो । तन्त्रविद्या र स्नायुविज्ञानको संयोजनबाट अब अघि बढ्नुपर्छ । ब्रह्मविद्या वा आत्मविद्या सम्पूर्ण विद्या हो । ध्यान, योग, साधना ज्ञानसम्म पुग्ने बाटा हुन् । तन्त्रविद्या पनि मोक्ष, खुसी वा सुख प्राप्तिको साधन हो ।”

गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठान ज्ञानको उत्खनन गर्ने संस्था भएको बताउँदै त्यसै सन्दर्भमा आफ्नो कार्यक्षेत्रभित्र परेको विषयमा यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “वैदिक वा परम्परागत विज्ञान र आधुनिक विज्ञान एकआपसमा सहकार्य नगरी पूर्ण हुँदैनन् । पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराको अध्ययनमा लागिपरेका छन् । परम्परागत र आधुनिक विज्ञान एकअर्काका परिपुरक रहेको हुँदा यस कार्यक्रमको औचित्य र उद्देश्य पनि यसैमा केन्द्रित रहेको हो ।”

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले तन्त्र,मन्त्र र साधनाले धेरै रोग निको हुने र मानव जीवन सफल हुने बताउनुभयो । उहाँले विभिन्न मठ, मन्दिरमा तन्त्रविद्यासहित पूजा र अनुष्ठान गरे रोग निको हुने उदाहरण दिँदै त्यसले विज्ञानलाई पनि चुनौती दिएको विचार व्यक्त गर्नुभयो ।

दर्शनशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध केलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले आत्मिक शान्तिका लागि पनि तन्त्र र योगको आवश्यकता रहेको विचार व्यक्त गर्दै परिषद्ले मानव जीवनका हरेक क्षेत्रमा अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा रत्नराज पौडेलले चेतनाको विषयमा आधुनिक विज्ञानले अध्ययन गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।