७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारीमा मतदान नगरी सहमति खोज्न प्रचण्डको प्रस्ताव



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा पदाधिकारी टुङ्ग्याउने प्रस्ताव गरेका छन् ।

मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले सहमतिमा पदाधिकारीको टुंगोमा पुग्न मतदान नगर्ने शर्त अघि सारेका छन् । बैठक पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समितिलगायतका पार्टी संरचना बनाउनेबारे बसेको थियो ।

बैठकमा नेताहरुले भने जारी केन्द्रीय समितिको बैठकबाटै ती समितिको पदाधिकारी टुंगो लगाउनुपर्ने धारणा राखेको बताइएको छ । बैठकमा बहुमत सदस्यले पदाधिकारीसमेत टुंग्याउनुपर्ने विचार राखेका थिए ।

त्यसपछि अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम आफूले प्रस्ताव गर्ने र त्यसमा सहमति भए मतदानमा भने जान नहुने शर्त राखेका थिए ।