७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 2.06

Humidity: 68

Latest
आँखा शिविरबाट चौध सय लाभान्वित बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित ‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’ अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन आगामी बजेट : आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५ चितवनलाई हराउँदै पोखरा एनएसएलको क्वालिफायर टूमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १३ पुग्यो , ९ जनाको सनाखत



अ+ अ-

काठमाडौं । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरु २० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि)बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए ।

बस दुर्घटनामा मृत्यु हुनेहरु
१) ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप
२) समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप
३) खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप
४) कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे
५) सुदिप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे
६) बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप ।
७) शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर नगरपालिका –९ काभ्रे ।
८) सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापनी
९) कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे