१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विराटनगरमा गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग

विराटनगरमा गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजनप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन माग गर्नुभएको हो । उहाँले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताउनु भयो । नेतृ कोईरालाले संग्रहालय बनाउनसके नेपाली काँग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रुपमा बनाऔँ । त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न । विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ । हामीले म्यूजियम बनायौँ भने यो नेपाली काँग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ । अहिले प्रधानमन्त्री नेपाली काँग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई संग्रहालयको रुपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ । ऐतिहासिक सामग्रीहरु छन् । यसलाई छिटोभन्दा छिटो अघि बढाउँ ।’

नेतृ कोईरालाले नेपाली काँग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताउनु भयो ।