७ आश्विन २०८१, सोमबार
,
Latest
चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजनप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन माग गर्नुभएको हो । उहाँले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताउनु भयो । नेतृ कोईरालाले संग्रहालय बनाउनसके नेपाली काँग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रुपमा बनाऔँ । त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न । विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ । हामीले म्यूजियम बनायौँ भने यो नेपाली काँग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ । अहिले प्रधानमन्त्री नेपाली काँग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई संग्रहालयको रुपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ । ऐतिहासिक सामग्रीहरु छन् । यसलाई छिटोभन्दा छिटो अघि बढाउँ ।’

नेतृ कोईरालाले नेपाली काँग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताउनु भयो ।