२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको बैठक बुधबार बस्ने



file photo
अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को आजका लागि तय भएको केन्द्रीय समितिको बैठक बुधबारका लागि सरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम तय भएको थियो । पदाधिकारी चयनलगायतका विषयमा सहमति जुटाउनका लागि अध्यक्ष दाहालको निवास खुुमलटारमा पार्टीका पूर्व स्थायी समितिको बैठक बोलाइएको छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आजका लागि तय भएको बैठक स्थगित भएको र बुधबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो । प्रवक्ता कृष्णबहादुर महराले पनि आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले १० पेजको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

आइतबारको बैठकमा सात वटै प्रदेशका अध्यक्ष र सोमबार ४३ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग उठेको छ । सोही मागलाई सम्बोधन गर्ने ध्येयका साथ अधिकतम प्रयास गर्ने तयारीमा नेतृत्व लागि परेको नेताहरुले जानकारी दिनुभएको छ ।