१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाबाट फेरिएका मन्त्रीहरुको सपथग्रहण



अ+ अ-

काठमाडौँ ।राष्ट्रपति बिद्यादेवी भण्डारीले नव नियुक्तमन्त्रीहरु लाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यलयमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराईएको हो ।

भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रीमा प्रदीपकुमार यादव नियुक्त हुनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का तीन नयाँ मन्त्री समावेश गरेर मन्त्रिपरिषद हेरफेर र कार्यविभाजन गर्नुभएको हो ।
जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ सदस्यको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको थियो ।