२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । चार दिने नेपाल भ्रमणमा आएकी उनी एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न आएकी हुन् ।

काठमाडौं आएलगतै एमसीसी उपाध्यक्ष फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । एमसीसी कार्यान्वयनका लागि एमाले पार्टीको सहयोगका लागि ओली निवास बालकोट पुगेर एमसीसीबारे धारणा बुझेकी छन् । परियोजनाबारे ओली र एमसीसीका उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनाथन ब्रक्सलगायतसँग संवाद भएको ओलीको सचिवालयले जनाएको छ ।

भेटमा नेकपा एमाले अध्यक्ष ओलीले सरकारले एमसीसीबारे स्पष्ट कुरा गरेपछि एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । आफ्नो सरकारको पालामा एमसीसी अघि बढाउन प्रयास गर्दा विभिन्न शक्तिकेन्द्रले नदिएको ओलीलाई उद्धत गर्दै एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए ।

एमसीसी प्रतिनिधिलाई ओलीले आफू प्रमुख प्रतिपक्षी दल भए पनि सरकारले सो परियोजनलाई अघि बढाउनेबारे छलफल नै नगरेको बताएका थिए । संसद्मा प्रमुख प्रतिपक्षको आवश्यकता महसुस नभएकाले पनि छलफल नगरेको हुन सक्ने भट्टराईले बताए ।

एमालले पछिल्लो समय एमसीसीको विरोध गरिरहेकाले एमसीसीकी उपाध्यक्ष फातिमाले पहिलो भेट एमाले अध्यक्ष ओलीसँग धारणा बुझ्न खोजेकी हुन् । बुधबारको एमाले संसदीय दलको बैठकमा पनि एमाले सांसदहरूले एमसीसी नेपालको हितमा नभएको निचोड थियो । तर, एमाले अध्यक्ष ओलीले सो बैठकमा एमसीसीको विषयमा अध्ययन गरेर मात्रै धारणा बनाउनुपर्ने बताएका थिए ।

बिहीबार नै एमसीसी उपाध्यक्ष फातिमाले नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग भेटेकी छन् । फातिमाले समाजवादी अध्यक्ष नेपालसँगको भेटमा पनि एमसीसी कार्यान्वयनका विषयमा सहयोग गर्न उनले आग्रह गरेकी छन् । भेटवार्तामा समाजवादी पार्टीले नेपाली जनता र राष्ट्रको हितभन्दा बाहिर गएर अघि बढ्न नसक्ने प्रस्ट पारेको एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले बताए । छलफलमा अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका पार्टीको प्रयास र प्रयत्न भनेको जनता र राष्ट्रहितमा हुनुपर्छ भन्ने रहेको माधव नेपाललाई उद्धृत गर्दै नेता गंगालाल तुलाधारले बताए ।

हाल सत्तारूढ दलका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसी संशोधन नभई पारित हुनु नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेस भने एमसीसी पारित हुनुपर्छ भन्न लाइनमा छ ।

नेपाल आउनुअघि एमसीसी कार्यान्वयनका विषयमा नेपालले पठाएको प्रश्नको बुधबार मात्रै फातिमा सुमारले स्पष्टता खोजेका बुँदामा १५ पृष्ठ लामो जवाफ पठाएकी थिइन् । अर्थमन्त्री जनार्दन शर्माले १८ भदौमा एमसीसीलाई पत्र लेखेर नेपालमा सांसदहरू र नागरिक अगुवाहरू र आमनागरिक एमसीसीको अनुदान सहयोग सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट)सम्बन्धी सम्झौतामा स्पष्ट हुन चाहेको भन्दै प्रश्न पठाएका थिए ।

चार वर्षअघि सम्झौता भए पनि संसद्बाट अनुमोदन भएपछि मात्र सहयोग परिचालन हुने भएकाले यसले लक्ष्य गरेका विकास आयोजनाको काम अघि बढ्न सकेका छैनन् । ३१२ किमि उच्च क्षमताको विद्युत् प्रसारणलाइन र अन्तरदेशीय विद्युत् व्यापार संरचनाका साथै सडक स्तरोन्नति गरी दुई परियोजना एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलर समकारी कोषमार्फत् कार्यान्वयन गर्ने सम्झौता छ ।

२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । एमसीसी पास गर्ने÷नगर्नेबारे नेपालका दलहरू विभाजित छन् । आम जनस्तरमा पनि एमसीसीबारे सकारात्मक धारणा छैन ।

एमसीसीले नेपाल सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत कम्प्याक्ट अन्तर्राष्ट्रिय सम्झौता हुनका लागि नेपालको कानुनअनुसार संसदीय अनुमोदन आवश्यक रहेको निष्कर्ष निकालेको पनि जवाफमा उल्लेख छ ।

एमसीसीले नेपाल कम्प्याक्ट हिन्द प्रशान्त रणनीति मातहतको सम्झौता नभएको पनि स्पष्टीकरण दिएको छ । ‘एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हो । अनि अमेरिका र नेपालबीचको बलियो सम्बन्ध हिन्द प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो,’ बुधबार मात्रै एमसीसीकी उपाध्यक्षले पठाएको जवाफमा उल्लेख छ ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन । हालै मात्र नेपाल स्पष्ट हुन खोजेका बुँदाहरूको जवाफ एमसीसीले पठाएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।