५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएनः प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गर्नुभएको छ ।  सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो
बताउनुभएको हो ।

उहाँले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाएपनि सरकारले अदालतमा नपठाएको बताउनु भयो । सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भनेर देवताको बिरोध छ यो कसले हेर्छ रु यो कसको कार्य सञ्चालनभित्र पर्छ । जिल्ला जिल्लाका प्रहरी अधिकारीहरु जनताको समस्याबारे अर्को मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम भइरहेको जनताको गुनासो छ, त्यस्तो गर्न पाउँछ कि पाउँदैन रु सबै प्रकारको विधामा प्रहरीले ध्यान दिने बन्दोबस्त हुनुपर्छ । प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ रु कसले जवाफ दिने हो ?’

नेपाल मजदुर किसान पार्टी सांसद सुवालले पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भन्दै त्यसलाई कुन सुरक्षा निकायबाट हेर्ने हो ? भन्दै प्रश्न गर्नुभयो ।