१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका काममा राजनीति नगर्न एमालेका उपाध्यक्ष पौडेलको आग्रह



अ+ अ-

लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाउनुभययो ।

नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव नदीको कर्साघाटमा निर्माण भएको पुलको आज उद्घाटन गर्दैै तिनाउ र दानव नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने योजना रहेको बताउनुभयो । उहाँले किनारमा बसेकालाई जबर्जस्ती हटाउने योजना नरहेको स्पष्ट पार्नुभयो ।

पूर्वउपप्रधानमन्त्री पौडेलले यस क्षेत्रको विकासमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको कामको पूरा तयारी भएको, तिनाउमा सिग्नेचर ब्रिज निर्माण हुने, बुटवल–गोरूसिङ्गेसम्मको सडक स्तरोन्नति हुने भएपछि यस क्षेत्रको विकासले थप फड्को मार्ने बताउनुभयो ।

सैनामैना–१ र बुटवल–१५ जोड्ने यो पुलको लम्बाइ १२७ मिटर रहेको छ । विसं २०७४ असार २९ गते ठेक्का सम्झौता भएको यो पुलको निर्माण लागत रु १३ करोड ९० लाख ३६ हजार ८०९ रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।