२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीलाई मैले स्टप गरेको हो: ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई आफू प्रधानमन्त्री भएको बेला रोकेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उहाँले एमसीसीको प्रतिवेदनमा एसपीपी इण्डो प्यासिफिकको अंग भएको र नेपाल त्यसमा सामेल भएको रिपोर्ट आएपछि २०७६ जेठमा आफूले त्यसलाई रोकेको बताउनुभयो ।

उहाँले तत्कालीन रक्षामन्त्रीले परराष्ट्रसचिवको संयोजकत्वमा गठन गरेको समितिले एसपीपीलाई तत्कालै स्टप गरेको उल्लेख गर्नुभयो । एसपीपी कुनै गठबन्धनको विषय नभई राष्ट्रको विषय हो भन्दै उहाँले यसबारेमा तत्कालीन सेनापतिलाई सोध्दा हुने बताउनुभयो ।

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा कुनै भ्रमपूर्ण प्रचारबाजी गर्ने नभई सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ भन्दै यो काम प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुन्छ भन्ने आफूले विश्वास गरेको बताउनुभयो ।

राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीसँग उहाँले संसद् र जनतालाई यथार्थ जानकारी गराउन माग गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले एसपीपीको विषय सन् २०१५ देखि सुरू भएको र सुशील कोइरालाका पालामा सुरू भएर पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाका पालामा पत्राचार अघि बढेको जानकारी दिनुभयो ।