• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   बजेटबारे समीक्षा हुन आवश्यक छः अध्यक्ष ओली ★   कर्णालीको बजेट ३१ अर्ब ४१ करोड ★   अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा ★   उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी ★   अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द ★   देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली ★   वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने ★   जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा ★   पाथीभरामा जेठ महिनामा मात्रै १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन ★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन

व्यानपामा चौबिसै घण्टा कलसेन्टर



तनहुँ । जिल्लाको व्यास नगरपालिका कार्यालयले चौबिसै घण्टा खुला रहनेगरी कलसेन्टरको व्यवस्था गर्न लागेको छ । नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि प्राथमिकतामा राखी सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले कलसेन्टर स्थापना गर्ने गरी नीति पारित भएको हो ।

नगरपालिकाले सेवासुविधा र जानकारीमूलक सूचना मोबाइल एपमार्फत घरघरमा पु¥याउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको सहयोगमा नगरपालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक माध्यमिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने योजना रहेको छ ।

साथै प्रदेश सरकारको सहकार्यमा नवप्रवर्तनीय साझेदारी कार्यक्रमअन्तर्गत एकीकृत डिजिटल कार्यक्रम कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

आमसञ्चार सेवाको गुणस्तरीय र सर्वसुलभ पहुँचका लागि स्थानीय सञ्चार ऐन परिमार्जन गरिनेछ भने कानूनबमोजिम एफएम रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजीको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । गुणस्तरीय र छिटोछरितोरुपमा सेवा प्रवाह गर्न नगरपालिकाको सबै वडालाई प्रविधिमैत्री गराउँदै नियमित सेवालाई अझ प्रभावकारी, भरपर्दो एवं विश्वसनीय बनाइनेछ ।

स्थानीयस्तरमा प्रकाशन हुने पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनसँग नगरपालिकाको गतिविधि झल्कने गरी कार्यक्रम निर्माण, प्रकाशन र प्रसारण गरी नगरपालिकाको गतिविधि नगरवासीसम्म पु¥याउने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

नगरपालिकाको आर्थिक तथा पूर्वाधार विकाससम्बन्धी विषयका समाचार सङ्कलन, रिपोर्टिङसम्बन्धी विशिष्ट तालिम सञ्चालन गरी सहयोग पु¥याइने लक्ष्य लिएको छ । हरेक वर्ष नगरपालिकाको समाचार प्रकाशनमा विशेष योगदान दिने एक जना पत्रकारलाई पुरस्कृत गर्दै लैजाने नीति रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाअन्तर्गत अपाङ्गतामैत्री, बालमैत्री र लैङ्गीकमैत्री सञ्चार अभियानलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले ऐतिहासिक, पुरातात्विक, सामजिक, भौगोलिक, पर्यटकीय एवं धार्मिक महत्व बोकेका स्थानको डिजिटलाइज गर्न व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।