• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

एकीकृत समाजवादीले बागमती छोडेर सुदूरपश्चिम दाबी गर्ने



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेश सरकारको नेतृत्व छाडेर सुदूरपश्चिम प्रदेशमा दाबी गर्ने भएको छ । पार्टीे सचिवालयको जारी बैठकमा बागमती प्रदेशबारेमा छाड्ने अवस्थामा सुदूरपश्चिम प्रदेश दाबी गरिनेबारे छलफल भएको छ ।

बैठकमा बागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश र पार्टीका आगामी योजनाबारेमा छलफल हुने बताइएको छ ।

पछिल्लोपटक बागमती प्रदेश सरकारमा पार्टीका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे छ महिनाका लागि मुख्यमन्त्री बन्ने र त्यसपछि नेपाली कांग्रेसलाई जिम्मेबारी दिने सहमति भएको थियो । त्यसैले बागमती प्रदेशको नेतृत्व छोड्न एकीकृत समाजवादीलाई चर्को दबाब परेको छ ।

मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वबाट निर्देशन नआएसम्म मुख्यमन्त्री नछाड्ने बताएपछि उहाँका विरुद्धमा सत्तारुढ गठबन्धनका अन्य दलहरु कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले हस्ताक्षर संकलन गरिसकेका छन् ।