११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो



अ+ अ-

२० असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारमा रहेका आफ्ना तीन जना मन्त्रीलाई फिर्ता गरेर नयाँलाई पठाउने भएको छ । पार्टीले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाउने भएको हो ।

आइतबार राति नै पार्टीले नयाँ तीन जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको बताइएको छ । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहको नाम सिफारिस गरिएको छ ।

स्रोतका अनुसार राई भौतिक पूर्वाधार, यादव वन र सिंह कृषिमन्त्री बन्नुहुनेछ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएका राजेन्द्र श्रेष्ठलाई भने जसपाले परिवर्तन नगर्ने भएको छ । पार्टी फुट हुनबाट जोगाउन मन्त्री हेरफेर गर्न लागेको बताइएको छ ।

यसैबीच पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता यादवले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । उनलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकट मानिन्छ।