२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार समसामयिक विषयमा पार्टीको धारणा राख्न सभामुखसँग समय माग गरिएको छ । अध्यक्ष ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लगायतका समसामयिक विषयमा बोल्नुहुने प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

ओली प्रधानमन्त्री भएकै बेलामा एसपीपीमा सहभागी हुन नेपाली सेनाले अमेरिकी दूतावासलाई पत्राचार गरेको सार्वजनिक भएको थियो । यद्यपि अध्यक्ष ओलीले सो पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आउनुभएको छ ।