१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार समसामयिक विषयमा पार्टीको धारणा राख्न सभामुखसँग समय माग गरिएको छ । अध्यक्ष ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लगायतका समसामयिक विषयमा बोल्नुहुने प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

ओली प्रधानमन्त्री भएकै बेलामा एसपीपीमा सहभागी हुन नेपाली सेनाले अमेरिकी दूतावासलाई पत्राचार गरेको सार्वजनिक भएको थियो । यद्यपि अध्यक्ष ओलीले सो पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आउनुभएको छ ।