१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

श्रावण महिनाभर एमाले बाग्मतीले ‘सुशु’ अभियान संचालन गर्ने

श्रावण महिनाभर एमाले बाग्मतीले ‘सुशु’ अभियान संचालन गर्ने
अ अ+ अ-

काठमाडौं । ‘श्रावण महिनाभर नेकपा एमालेले संगठन सुदृढीकरण र शुद्धिकरण (सुसु) अभियान संचालन गर्ने’ निर्णय गर्दै नेकपा एमाले बाग्मती प्रदेश कमिटी द्वारा आयोजित ‘संगठनात्मक व्यवस्थापन र परिचालन’ विषयक दुई दिने कार्यशाला गोष्ठी हिजो असार १८ गते शुरु भएर आज १९ गते काठमाडौमा सम्पन्न भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा र बाग्मती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा आयोजित कार्यशाला गोष्ठीमा नेकपा एमाले केन्द्रिय संगठन विभाग प्रमुख खगराज अधिकारी, स्थायी समिति सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरि नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष विष्णु पौडेलले संगठन सुदृढीकरण र परिचालन को सम्बन्धमा विशेष प्रशिक्षण दिएका थिए ।

कार्यशाला गोष्ठीमा प्रमुख अतिथि ओलिले पार्टी कमिटी भित्रको आन्तरिक एकतालाई बलियो र पार्टीपंक्तिलाई एकढिक्का बनाउँदै पार्टी संगठनलाई मजबुत र गतिशील बनाउन जिम्मेवारी बोधका साथ काममा लाग्न साथै स्थानीय तह निर्वाचनमा पार्टीभित्रका नेता कार्यकर्ताहरुको तहबाट भएका कमजोरीहरुको निर्मम समिक्षा गर्दै आगामी दिनमा त्यस प्रकारको कमजोरी हुन नदिने तर्फ सचेत हुन कमिटीहरु लाई निर्देशन दिए ।

नेताहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले नेताहरुको जीवन सादा र शुद्द आचारण हुनुपर्ने तथा जनप्रतिनिधिहरु शासक नभई जनताको असली सेबकको रूपमा कृयाशिल हुन समेत विशेष जोड दिएका थिए ।

कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रमाथि ५ वटा समुह बनाएर छलफल गरि प्रत्येक समुहको तर्फबाट टोलि नेताहरुले समुहगत छलफल को निष्कर्षलाई सुझाव को रूपमा प्रस्तुत गरेका थिए ।

कार्यशाला गोष्ठीमा बाग्मती प्रदेश कमिटीको तर्फबाट प्रदेश इन्चार्ज, सहइन्चार्जहरु र पदाधिकारीहरु, जिल्ला इन्चार्जहरु र सहइन्चार्जहरु, १३ जिल्लाका पार्टी जिल्ला कमिटी अध्यक्ष,सचिब र संगठन विभाग प्रमुखहरु र पार्टी सम्बद्ध २२ वटा जनसंगठनका बाग्मती प्रदेश कमिटी अध्यक्षहरु गरि कुल ९० जनाको सहभागिता रहेको थियो ।

कार्यशाला गोष्ठीले पार्टीको संगठनात्मक कामलाई मुख्य प्राथमिकताका साथ एकताबद्ध ढंगले अगाडि बढाउँदै नेकपा एमालेलाई जनताको बीचमा विजयी शक्तिको रूपमा स्थापित गराउन ‘श्रावण महिनाभर संगठन सुदृढीकरण र शुद्धिकरण (सुसु) अभियान संचालन गर्ने’ निष्कर्ष निकालेको बाग्मती प्रदेश कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए ।

कार्यक्रममा एमालेका नेताहरु भानुभक्त ढकाल, आनन्द पोखरेल, अरुण नेपाल, पार्वत गुरुङलगायतको उपस्थिति रहेको थियो ।