१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपत्यका विशेष प्रदेश कमिटीमा स्थानीय निर्वाचनको समीक्षा

उपत्यका विशेष प्रदेश कमिटीमा स्थानीय निर्वाचनको समीक्षा
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको शनिबार बसेको बैठक स्थानीय तह निर्वाचनको समीक्षा, सदस्यता नवीकरण र विस्तार तथा आर्थिक विषयमा छलफल र केही आवश्यक निर्णय गरी सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचनमा खासगरी उपत्यकाका तीनवटै जिल्लामा प्रदेश कमिटीका सदस्य र अन्तर्गतका चार जिल्ला कमिटीमा आवद्ध सदस्यहरू परिचालन भएका थिए । केही सदस्यहरू निर्वाचनमा उपत्यका बाहिर आ–आफ्ना गृहजिल्ला गएका थिए ।
उपत्यका प्रदेश कमिटीले स्थानीय तह निर्वाचनमा खटिएका सदस्यहरूलाई संयोजन गर्न तीनै जिल्लामा संयोजक तोकेको थियो ।

बैठकमा काठमाडौं जिल्लाको संयोजन गर्नुभएका उपाध्यक्ष विदुर कार्की, ललितपुरको संयोजन गर्नुभएका उपसचिव चन्द्र रिजाल र भक्तपुरमा संयोजकको भूमिकामा खटिनुभएकी उर्मिला सुनुवारले स्थानीय निर्वाचनबारे लिखित रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, बैठकमा मजदुुर विशेष जिल्ला कमिटीका अध्यक्ष जितेन्द्र श्रेष्ठ, पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष उमेश ढकाल, युवा विद्यार्थी जिल्ला कमिटीको तर्फबाट इन्चार्ज चिरन्जिवी पौडेल र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको तर्फबाट इन्चार्ज चन्द्र रिजालले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरूले प्रस्तुत गर्नुभएको रिपोर्टिङ र विभिन्न जिल्ला, पालिका र वडामा क्रियाशील हुनुभएका प्रदेश कमिटीका सदस्यबाट प्राप्त रिपोर्ट, अनुभव र सुझावलाई एकीकृत गरी प्रतिवेदन तयार गर्ने निर्णय बैठकले गरेको छ । प्राप्त रिपोर्ट र बैठकमा व्यक्त विचारलाई संक्षेपीकरण गरी अन्तिम प्रतिवेदन तयार गर्न ११ सदस्यीय समिति निर्माण गरिएको छ ।

बैठक पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इञ्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्यमा अध्यक्ष प्रेमकुमार पराजुुलीको अध्यक्षतामा बसेको थियो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका सह इन्चार्ज बीना श्रेष्ठ, केन्द्रीय सदस्य तथा युवा विद्यार्थी जिल्ला कमिटी इन्चार्ज नवीना लामा र मजदूर विशेष जिल्ला कमिटीका सहइन्चार्ज सीता लामाको पनि उपस्थिति थियो ।