२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार ११ बजे पुनः बस्ने गरी माओवादी बैठक स्थगित



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आइतवारदेखि शुरु भएको बैठक केहीबेर बसेर सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आइतवारको बैठकको शुरुमै प्रदेश कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा उनीहरूले स्थायी कमिटी, पोलिटब्यूरो तथा पदाधिकारी चयनको प्रस्ताव राख्न माग गरेका थिए । त्यसपछि बैठकमा उक्त विषयलाई पनि लिखित प्रस्तावका रूपमा अघि सारिएको छ ।

पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका छन् । माओवादी केन्द्रका अनुसार बैठक तीन दिन चल्नेछ ।