१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार ११ बजे पुनः बस्ने गरी माओवादी बैठक स्थगित



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आइतवारदेखि शुरु भएको बैठक केहीबेर बसेर सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आइतवारको बैठकको शुरुमै प्रदेश कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा उनीहरूले स्थायी कमिटी, पोलिटब्यूरो तथा पदाधिकारी चयनको प्रस्ताव राख्न माग गरेका थिए । त्यसपछि बैठकमा उक्त विषयलाई पनि लिखित प्रस्तावका रूपमा अघि सारिएको छ ।

पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका छन् । माओवादी केन्द्रका अनुसार बैठक तीन दिन चल्नेछ ।