१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।उहाँहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिनुभयो ।

भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको चर्चा गर्दै दुवै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्रसङ्घको आदर्शमा प्रतिबद्ध रहेको बताउनुभयो ।उहाँले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदार स्रोत देशका रूपमा मान्यता दिएर ठूलो सङ्ख्याका नेपालीलाई रोजगारी दिएकामा धन्यवाद दिनुभयोे ।

मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच पर्यटन प्रवद्र्धनमा जोड दिनुभयो । सन् २००३ मार्चदेखि सुरु भएकोे सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उहाँको भनाइ थियो ।

मलेसियाका उपसभामुख हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधिमण्डलसँग भेटन पाएकामा खुसी व्यक्त गर्नुभयो । भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राईलगायतसहभागी हुनुहुन्थ्यो ।