२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई उल्टै वामदेवको जवाफी कारबाही



अ+ अ-

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन् ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय सदस्य युवराज सफलसहित पाँचैजनालाई निष्कासन गर्ने निर्णय लिएको हो ।

अनुशासनविपरीतका क्रियाकलाप गरेकाले उनीहरूमाथि कारबाहीको निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । पार्टीका ९ जना सचिवालयमध्ये ७ जना हिजोको बैठकमा सहभागी थिए । पाण्डेका अनुसार युवराजलाई कुनै पनि अवस्थामा पार्टीमा नफर्काउने गरी निष्कासन गरिएको छ भने अन्य ४ जनालाई आत्मालोचना गरेमा पार्टीमा फर्कन सकिने विकल्प दिइएको छ ।

शनिबार वामदेवलाई कारबाहीको विज्ञप्ति जारी गर्नेहरूले आफूहरूसँग पार्टीको बहुमत रहेको दाबी गरेका थिए । तर, उनीहरूको दाबी हास्यास्पद रहेको पाण्डे बताउँछन् ।