१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विज्ञापन सम्बन्धि आचारसंहिता एक हप्ता भित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन सम्बन्धि आचारसंहिता एक हप्ता भित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई सञ्चारमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनु भएको छ ।

विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिनु भएको हो । उहाँले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पार्नु भयो । सरोकारवाला पक्षहरुसँग धेरै छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गर्नु भयो ।

उहाँले सो आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । मन्त्री कार्कीले भन्नु भयो, ‘आज हामीले आचार संहिता जारी गरेका छौं । मैले लक्ष्मणजीलाई आचार संहिताको कुरा गर्दाखेरी उहाँलाई मैले हरेक पटक भनेको छु–र अहिले पनि भन्छु–यो आचारसंहिता जारी गर्दैगर्दाखेरी यो प्रभावकारी पनि हुनुप¥यो । यो आचारसंहिता लागू हुनुप¥यो । र, त्यसका निमित्त जति धेरै विचारविमर्श, छलफल सम्बन्धित पक्षसँग हुन्छ, त्यत्तिनै यो कार्यान्वयनमा सजिलो हुन्छ भन्ने मैले उहाँलाई सुझाव दिएको थिँए । मलाई लाग्छ, धेरै छलफल पछि यो आचारसंहिता आएको छ । र, यो आचारसंहितालाई ऐतिहासिक पनि भन्नु भयो ।

म त्यतिखेर यसलाई ऐतिहासिक भन्छु–अहिले हामी प्रारम्भ मात्रै गर्दैछौं । हामी सुरुवात गर्दैंछौं । यो ३८ पेजको छ । यो आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरुलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होईन् समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ । होईन भने हामीहरुले शब्दहरु खर्चेर मात्रै यसको प्रभावकारिता हुन सक्दैन । र, मलाई विश्वास छ । यो प्रभावकारी हुनेछ । ऐतिहासिक पनि हुनेछ भन्ने मैले आशा लिएको छु । विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनका लागि आज जारी आचारसंहिताले अर्को हप्तादेखि नै समाजमा प्रभाव दिन सकोस् । मेरो त्यो शुभकामना छ । अहिले देखिएका जुन अस्वस्थ प्रतिस्पर्धा छन । विकृति छन, विसंगति छन । तिनीहरुलाई एकैदिनमा यही आचारसंहिताले अन्त्य गर्छ भनेर भनियो भने त्यो एकांकी हुन सक्दछ । तर, त्यस दिशामा यो प्रभावकारी हुन सक्यो भने हामीले जारी गरेको यो आचारसंहिताको ओझ र महत्व रहनेछ ।

म यो मन्त्रालयको राजनीतिक नेतृत्व सम्हालेको नेतृत्वको हैसियतले भन्न चाहन्छु–यो आचारसंहिता प्रारम्भ भएको दिनदेखि जुन ठाउँमा अप्ठयारा आउँछन, जुन ठाउँमा अस्पष्टता आउँछन र जसले अगाडि बढनका निमित्त व्यवधान खडा गर्छ । त्यसलाई तुरुन्त निराकरण गर्नका निमित्त यो मन्त्रालय तपाईहरुको साथ रहनेछ भन्ने कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । अहिले हाम्रो समस्या नीतिमा छैन । अहिले हाम्रो समस्या कार्यान्वयनमा छ । हामी के चाहन्छौं– यो आचारसंहिता अरुलाई लागोस् मलाई चाँही नलागोस् । हामी कानुनको बाटोमा र सुशासनको बाटोमा गयौ भने देखि यो जसरी अरुलाई लाग्छ, त्यसरी मलाई पनि लाग्नु पर्दछ भन्ने मानसिकताका साथ हामी अगाडि बढयौं भनेदेखि हामीले जारी गरेको आचारसंहिता निश्चियनै प्रभावकारी हुन सक्दछ ।

आज जति देशहरु विकसित छन । आज जति देशहरु सभ्य छन । र, सुन्दर पनि छन । ती देशहरुको हामीले परिपाटीलाई हे¥यौं भने देखि ती देशहरुमा अनुशासन पहिलो प्राथमिकतामा छ । तर अनुशासन स्वतन्त्रतालाई खोसेर अनुशासनको कुरा होईन । स्वतन्त्रता र अनुशासनलाई साथसाथ हामीले अगाडि बढाउन सक्यौ भनेदेखि हाम्रो देशलाई पनि हामी चाँडै नै सभ्य, सुन्दर देशको रुपमा विकसित गर्न सक्छौं । यस दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् । र, यसको प्रभावकारिता एक हप्ता अनुभूति गर्नेगरी हुन सकोस् भन्ने कुरा राख्न चाहन्छु ।’

मन्त्री कार्कीले मुलुकलाई चाँडै सभ्य र सुन्दर बनाउन स्वतन्त्रता र अनुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरुलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गर्नु भयो । उहाँले सो आचारसंहिता कार्यान्वयनमा जटिलता आए त्यसलाई सहज ढंगले सम्बोधन गर्न पनि विज्ञापन बोर्डलाई सुझाव दिनु भयो । अध्यक्ष पोखरेलले भन्नु भयो, ‘विज्ञापन बजारमा देखिएको विसंगतिहरुलाई सम्बोधन गर्न सक्ने समाधानमुखि एउटा आचारसंहिता तयार भएको छ । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा केही जटिलताहरु आउलान । त्यसलाई विज्ञापन बोर्डले सहजीकरण गर्दै कार्यान्वयनमा लैजानुपर्ने हुन्छ । सञ्चार संस्थाहरु टिकाउका लागि पनि विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनुपर्ने भएकाले यसका लागि सो आचारसंहिता जारी भएकाले सोही अनुसार विज्ञापन बोर्डले कार्यान्वयन गर्नेछ ।’

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगतिहरुको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवारी बनाउने उद्देश्यका साथ सो आचारसंहिता निर्माण गरी लागू गरिएको बताउनु भयो । उहाँले सरोकारवाला पक्षसँग पटकपटक छलफल गरी लागू गरिएको सो आचारसंहिताको कार्यान्वयन पनि सहज ढंगले हुने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष हुमागाईँले भन्नु भयो, ‘विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्य गर्ने, विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवार बनाउने महत्वपूर्ण पक्ष सो आचारसंहिताको महत्वपूर्ण पक्ष हो । सरोकारवालाहरुसँग पटकपटक छलफल गरी तयार गरिएकाले यसको कार्यान्वयन पनि सहज ढंगले हुने अपेक्षा गरिएको छ ।’

अध्यक्ष हुमागाईँले सो आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने काम नेपाल सरकारले गर्ने पनि स्पष्ट पार्नु भयो ।