• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सभामुख सापकोटा अजरबैजानबाट आज स्वदेश फर्किंदै



काठमाडौं । अजरबैजान भ्रमणमा रहनुभएका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्किंदै हुनुहुन्छ ।

अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मलेनमा भाग लिएर उहाँ नेपाल फर्किन लाग्नुभएको हो ।

उक्त कार्यक्रमलाई सभामुख सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल गत मंगलवार अजरबैजान प्रस्थान गरेको थियो ।