२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रीय समिति बैठक सुरु, यस्ता छन् ९ एजेन्डा



file photo
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।

माओवादी केन्द्रले पदाधिकारी चयनसहित बैठकका ९ वटा एजेन्डाहरू प्रस्तुत गरेको छ ।
बैठकमा प्रस्तुत ९ एजेन्डा
१. सहिदप्रति श्रद्धाञ्जली
२. केन्द्रीय सदस्यको शपथ
३. बैठक सञ्चालनको प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४. प्रदेशको रिपोर्टिङ अध्यक्षहरूले गर्ने, मधेसको हकमा इन्जार्जले (१० मिनेटको समय)
५. इन्जार्जको रिपोर्टिङ (१० मिनेटको समय)
६. संगठनात्मक
क. पोलिटब्युरो, स्थायी समिति गठन
ख. कार्यविभाजन र संरचनाबारे
७. स्थानीय तहको समीक्षा
८. आगामी निर्वाचनबारे
९. विविध