२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा



अ+ अ-

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा उठ्ने घोषणा गरेकी छन् ।

रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेकी हुन् ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए ।

सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ पर्दछन् ।

रञ्जुले लेखेकी छन्,
सबैजनालाई नमस्कार ,
तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कमा गइ फर्म भर्न हुन अनुरोध गर्दछु ।