२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बोलाइएको हो ।

आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले एजेण्डा तय गरिसकेको छ।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने एमालेले जनाएको छ ।