१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विनियोजन विधेयकमाथिको छलफल समाप्त

विनियोजन विधेयकमाथिको छलफल समाप्त
अ अ+ अ-

विराटनगर । विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो ।

छलफलमा प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौलाले सुशासनको प्रत्याभूति दिलाउने प्रमुख जिम्मेवारी मुख्यमन्त्रीको रहेको चर्चा गर्दै राष्ट्रलाई समृद्ध बनाउन योजनाको सफल कार्यान्वयन र स्रोतको व्यवस्थापन भएको बताउनुभयो ।

उहाँले सुन्दर हरैचामा रहेको प्रहरी चौकीको घेराबेरामा विगतदेखि नै बजेट माग गर्दै आएकामा अहिलेसम्म नभएकाले बजेटको व्यवस्थापन गरी सरकारले शान्ति सुरक्षामा खटिने सङ्गठनलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले जनतालाई स्वच्छ खानेपानीको व्यवस्था र सिँचाइको समुचित प्रबन्ध मिलाउने सरकारको जिम्मेवारी रहेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशको सबै भौतिक संरचना एकै ठाउँमा बनाउन सुझाव पनि दिनुभयो ।

सदस्य अम्बिका थापाले एकमुष्ट बजेट विनियोजन गरेर योजनालाई अलपत्र पार्ने काम बजेटमा भएको धारणा राख्नुभयो । सदस्य नारायणबहादुर मगरले प्रदेश सरकारले गोष्ठी, कार्यालयशाला, सेमिनार तथा छलफलमा राखिएको बजेट खानेपानी र सिँचाइमा लगाएको भए जनता बढी लाभान्वित हुने धारणा राख्नुभयो । सदस्य विमल कार्कीले बजेटमा वित्तीय अनुशासन नभएको चर्चा गर्नुभयो । सदस्य मोहनकुमार खड्काले समग्रमा बजेटमा समर्थन जनाउँदै सिँचाइ र खानेपानीका योजनामा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । सदस्य राजकुमार ओझाले विगतमा ठूलो लगानी भएको योजनामा अहिले सरकारले अत्यन्त न्यून रकम विनियोजन गरेकाले आपत्ति जनाउनुभयो । सदस्य होमकुमार साँवाले सरकारले विगतमा जनतासँग जोडिएको मुख्यमन्त्री सडक योजना र पुल अहिलेको सरकारले छायाँमा पारेकाले दुःख व्यक्त गर्नुभयो ।

विशेष समय
नेपाली कांग्रेस संसदीय दलका तर्फबाट विशेष समय लिएर प्रमुख सचेतक सूयर्माराज राईले प्रदेश सरकारको पहिलो बैठक विसं २०७४ माघ २२ गतेको बैठकमा आफूले सुकुम्बासीको समस्या समाधान गर्न माग गर्दै आएकामा अहिलेसम्म नभएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले चुरे र नदी दोहनले तराईको उर्वराशील जग्गा मरुभूमिमा परिणत हुने खतरा देखिएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै सरकारले प्रदेशको राजधानी तोकिए पनि नामकरण गर्न नसक्नु कमजोरी भएको बताउनुभयो ।

उहाँले प्रदेशको नामकरण गर्न सदनमा प्रस्ताव प्रवेश गराउनुपर्ने माग गर्दै सुशासनका नाममा नयाँ सन्देश दिन सरकारले नसकेको आरोप लगाउनुभयो । प्रमुख सचेतक राईले प्रकृतिको संरक्षणले नै मानव सभ्यताको संरक्षण हुने भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै विगतका अभ्यासलाई समीक्षा गरेर अघि बढ्न सके प्रदेश बलियो हुने विचार राख्नुभयो । उहाँले सरकारले प्रदेशको संरचना बनाउन पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शून्य समय
प्रदेशसभा सदस्य इन्दिरा राई, कला घले, वसन्तकुमार बानियाँ, वीणादेवी राई, यशोदा अधिकारी र सरिता थापाले प्रदेशको जल्दाबल्दा समस्याका बारेमा सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।