१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म परिवर्तनको डढेलो समयमै निभाऔँ: कमल थापा



अ+ अ-

सुर्खेत । राप्रपा नेपालका अध्यक्षले कमल थापाले मुलुकमा धर्म परिवर्तन व्यापकरुपमा भइरहेको भन्दै यसलाई समयमै निभाउनुपर्ने बताउनुभएको छ ।

सुर्खेतस्थित वीरेन्द्रनगरमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले विश्वमा सबैभन्दा धेरै धर्म परिवर्तन नेपालमा भएको बताउनुभयो । धर्म परिवर्तनको डढेलो हिन्दू राष्ट्रमा परेकोले हिन्दू राष्ट्रको दियो निभ्न दिन नहुने उहाँको भनाइ थियो ।

धर्म परिवर्तन गर्ने लहर अहिले बढिरहेको चर्चा गर्दै अध्यक्ष थापाले करोडौँ लगानी गरेर लाखौँलाई धर्म परिवर्तन गर्न बाध्य बनाइँदा पनि सरकारले यसतर्फ ध्यान नदिएकामा रोष प्रकट गर्नुभयो । धर्म परिवर्तनले देशलाई संकटतर्फ धकेल्दै गइरहेको भन्दै उहाँले सरकारसमक्ष यसलाई समयमै रोक्न आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले अब राजतन्त्र पुनस्र्थापना हुन नसक्ने तर्क दिनुभयो । राजतन्त्र पुनस्र्थापना हुन नसक्ने भएर नै आफ्नो पार्टी जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको उहाँको भनाइ थियो ।

उहाँले वर्तमान संघीयताको स्वरुप ठिक नभएको भन्दै परिवर्तन गर्नुपर्ने बताउनुभयो ।  उहाँले संघीयताको वर्तमान अवस्था सही नभएको उल्लेख गर्दै स्थानीय तहलाई बलियो बनाउन संघीयतालाई खारेज गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश संरचनाको कुनै औचित्य नभएको उहाँको भनाइ थियो ।