२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाइतेको हेलिकप्टरमार्फत उद्धार



फाईल फोटो
अ+ अ-

बैतडी । करेन्ट लागेर घाइते भएका एक कामदारको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा काठमाडौँ टोखा नगरपालिकाका ४० वर्षीय सुमनविक्रम शाह रहेका छन् । उनलाई आज दिउँसो १ बजे बैतडीको खोड्पेबाट उद्धार गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङको चिरवित्थड गाउँपालिकामा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका शाहलाई बझाङबाट स्कारपियोमार्फत खोड्पे पु¥याइएको थियो ।

नेपाल टेलिकमको समन्वयमा गम्भीर घाइते भएका शाहलाई माउन्टेन हेलीको हेलिकप्टरबाट उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।