११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

म्याग्दीमा मह उत्पादनमा कमी

म्याग्दीमा मह उत्पादनमा कमी
अ अ+ अ-

गलेश्वर । आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरु नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यस वर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यस वर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा रहेका दुई हजार ५०० वटा मौरीका आधुनिक घारहरुबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकामा पछिल्ला वर्षहरुमा भने महको उत्पादन घट्दै जान थालेको हो । पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसानहरु भने चिन्तित बनेका छन् ।

मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलहरूमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञहरु बताउँछन् । जुन क्रियाले पृथ्वीको आधारभूत पारिस्थितिक प्रणाली कायम रहेको उनीहरुको भनाइ छ ।

‘द बी किपर्स लेमेन्ट’ पुस्तकमा मौरीलाई कृषि जैविक विविधता प्रणालीको गमका रूपमा प्रस्तुत गरिएको छ । विभिन्न जर्नलअनुसार संसारमा मौरीका दुई हजार १०० प्रजाति छन् । विज्ञानले मात्रै नभएर वेदले पनि मौरीको महत्वपूर्ण योगदान उद्गार गरेको छ ।

ऋग्वेदमा मौरीलाई परागसेचन गर्ने, मह उत्पादन गर्ने र सम्पूर्ण जीवजन्तुलाई कल्याण गर्ने जीवका रूपमा अथ्र्याइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ९० प्रतिशत जङ्गली फूल फुल्ने प्रजाति, ७५ प्रतिशत खाद्यबाली र ३५ प्रतिशत कृषिबाली जीव परागसेचनमा निर्भर छन् ।

परागसेचनले खाद्य सुरक्षा र जैविक सुरक्षामा ठूलो योगदान पु¥याइरहेको छ । जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन किराबाटै हुने गर्छ । किराबाट हुने परागसेचनमा सबैभन्दा बढी हिस्सा करिब ८० प्रतिशत मौरीले ओगट्ने ‘द बी किपर्स लेमेन्ट’ मा उल्लेख गरिएको छ । उपयुक्त शारीरिक बनावट, अति शक्तिशाली सञ्चार प्रणाली, उष्णदेखि लेकाली हावापानीमा सजिलै काम गर्न सक्ने क्षमताका कारण मौरी सबैभन्दा उच्च परासेचक हो ।

वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणको अत्यन्त महत्वपूर्ण मानिएको मौरी र मह पछिल्लो समय जलवायु परिवर्तन र मानवीय लापर्बाहीका कारण सङ्कटमा पर्दै गएकोप्रति जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

मौरीपालन व्यवसायमा थाइस्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो । रोग, किराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनाका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानहरुले गुनासो गरेका छन् । एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ ।

बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोग, किराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले बताउनुभयो । उहाँका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनाका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो ।

जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरीलाई व्यावसायिक रुपमा पाल्ने गरिएको छ । अहिले जिल्लाभर तीन सयभन्दा बढी किसानहरु मौरीपालन व्यवसायमा संलग्न भए पनि व्यावसायिक रुपमा २० जना मात्रै किसानहरु क्रियाशील रहेको कृषि ज्ञान केन्द्र्रको तथ्याङ्क छ । मौरीपालनमा किसानहरु धेरै देखिए पनि व्यावसायिक बन्न सकिरहेका छैनन् । पछिल्लो केही वर्षयता मौरीमा विभिन्न किसिमको रोग तथा किराको प्रकोप देखिएपछि मह उत्पादनमा कमी आएको छ ।

मौरी र मह उत्पादनका लागि मौसम प्रतिकूल हुनु, रोग, किराको प्रकोप फैलनु, पर्याप्त फूलहरु समयमा नफुल्नु, चरन क्षेत्रको अभाव तथा जिल्लाभन्दा बाहिरबाट मौरी आयात गर्नुपर्ने बाध्यताको कारणले मह उत्पादन घट्दै गएको छ । किसानहरुले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो ।

बेनी नगरपालिकाको सुर्केमेला, सिङ्गा, डम्बरा, डडुवा, मङ्गला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगङ्गाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

कृषि ज्ञान केन्द्र र स्थानीय तहबाट किसानहरुलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बीउ पूँजीलगायत सहयोग हुँदै आएको छ ।

राम्रोसँग मौरीपालन गर्न सकेमा एक सिजनमा एउटै घारबाट झन्डै आठ केजीसम्म मह उत्पादन हुन सक्ने किसानहरुसँग अनुभव छ । अहिले प्रतिकेजी महलाई रु एक हजार छ सय मूल्य पर्दछ । म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै विदेशको जापान, कतार, साउदी, बहराइन जस्ता मुलुकहरुमा प्रवासी नेपालीहरुले पु¥याउने गरेका छन् । किसानहरुले मह, घार, मौरीसहित महको पोला र मौरीसँगै घार बिक्री गरेर वार्षिक रुपमा मनग्य आम्दानी गर्दछन् ।

जिल्लाका किसानहरुले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन् भने महलाई औषधि र पूजाआजामा प्रसादका रुपमा समेत प्रयोग गरिन्छ । म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका मौरीपालक किसान मीनबहादुर खत्रीले जलवायु परिवर्तन र मौरीसँगै रोग भित्रिएकाले मह उत्पादन घटेको अनुभव सुनाउनुभयो ।