१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवले बोलाए सचिवालय बैठक



अ+ अ-

काठमाडौँ । नवगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सचिवालय बैठक बोलाएका छन् । संयोजक गौतमले आफ्नो निवास भैँसेपाटीमा शुक्रबार दिउँसो सचिवालय बैठक बोलाएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेपछि संयोजक गौतमले सचिवालय बैठक बोलाएका हुन् ।

उनले तीनै जनाको नेताको निवासमा गएर भेट गरेका हुन् । भेटमा गौतमले तीनै जना नेतालाई सम्भव भए वाम एकता र एकता नभए आगामी निर्वाचनमा तालमेलको प्रस्ताव राखेको बताइएको छ । उनले तीनै जनालाई लिखितरुपमै प्रस्ताव राखेका हुन् ।

भेटमा संयोजक गौतमलाई अध्यक्षद्वय प्रचण्ड र नेपालले सकारात्मक जवाफ दिएको भए पनि एमाले अध्यक्ष ओली कुनै जवाफ नदिएको बताइएको छ ।