२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र प्रसाद २ निर्माण हुने



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र प्रसाद २ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ । फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो ।

सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवाष थापाले निर्माण गर्न लागेका हुन् । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साँखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सञ्चारमाध्यममा पारिश्रमीक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागेपनि त्यो सत्य नभएको र अन्य फिल्महरुको समय र आउने फिल्मको समय एकैपटक हुँदा काम गर्न नसकेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले प्रसाद २ झनै राम्रो हुनेमा विश्वस्त रहेको बताउनु भयो । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायतको अभिनय रहनेछ ।