२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

अस्ट्रियामा मृत आमाको पेन्सन लिन एक वर्षदेखि शव लुकाएर राख्ने व्यक्ति पक्राउ

अस्ट्रियामा मृत आमाको पेन्सन लिन एक वर्षदेखि शव लुकाएर राख्ने व्यक्ति पक्राउ
अ अ+ अ-

सिड्नी । अस्ट्रियामा एक व्यक्तिले आफ्नी आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको त्यहाँको प्रहरीले जनाएको छ।

उनकी ८९ वर्षीया आमाको निधन गत वर्षको जुन महिनामा नै भएको ठानिएको छ। उनी विस्मृतिसम्बन्धी रोगबाट पीडित थिइन्।

तर ६६ वर्षीय ती व्यक्तिले घरको भूमिगत कोठामा उनको शवलाई लुकाएर राखेका थिए।

उनले दुर्गन्ध नआओस् भनेर शवलाई कपडाको पट्टीले बेरी बरफले छोपेर राख्ने गरेका बताइएको छ।

प्रहरीका अनुसार ती व्यक्तिले झन्डै ५० हजार यूरो गैरकानुनी तरिकाले प्राप्त गरेको हुनुपर्छ।

ती पेन्सन पाउने महिलालाई उनले सुविधाबापत प्राप्त गर्ने रकम हस्तान्तरण गर्ने नयाँ हुलाकीले प्रत्यक्ष भेट्न खोज्दा छोराले भेट गराउन नमानेपछि उक्त शङ्कास्पद जालसाजीको घटना सार्वजनिक हुन पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आशङ्का उत्पन्न भएपछि गरिएको अनुसन्धानले त्यस्तो बीभत्स घटना उजागर गरेको थियो।

प्रहरीले अस्ट्रियाको सार्वजनिक प्रसारण संस्था ओआरएफलाई बताएअनुसार ती सन्दिग्ध व्यक्तिले आफ्नी आमाको शवलाई बिरालोको बिस्टाले समेत छोपेका रहेछन् जसले गर्दा शव ुममीु जस्तो बन्न पुगेको थियो।

प्रहरी अधिकारी हेल्मुट गफ्लरका अनुसार ती व्यक्तिले आफ्नो अपराध स्वीकार गरिसकेका छन्।

अधिकारी गफ्लरका अनुसार ती व्यक्तिको अन्य आम्दानीको स्रोत छैन र उनले आफूले आमाको मृत्युबारे अधिकारीहरूलाई जानकारी गराएको भए उनले पाउने गरेको सुविधाको रकम तत्काल बन्द हुने बताएका जनाइएको छ।

पैसाको अभावमा आफूले आमाको अन्तिम संस्कार गर्न नसक्ने र आफूहरू बस्दै आएको घर समेत जोगाउन नसक्ने ती व्यक्तिले बताएका जनाइएको छ।

ओआरएफका अनुसार ती व्यक्तिले आफ्नो भाइलाई आमाको उपचार अस्पतालमा भइरहेको र रोगका कारण कसैलाई नचिन्ने भएकाले उनलाई अस्पतालमा भेट्न गए पनि केही फाइदा नहुने भनेर ढाँटेको स्वीकार गरेका छन्। (बीबीसी)